एमाले अध्यक्ष ओलीबाट विश्व रेकर्डकाे प्रमाणपत्र लिए 'मेमोरी किङ' अर्पणले | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीबाट विश्व रेकर्डकाे प्रमाणपत्र लिए ‘मेमोरी किङ’ अर्पणले

काठमाडौँ। ‘मेमोरी किङ’ले चिनिएका अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरू माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् ।

यसअघि सन् २०१५ मा शर्माले १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्र नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने वाचा गर्दछु,’ उनी बताउँछन् ।

Leave a Reply

ताजा समाचार