प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्रीले हस्तान्तरण गरेको प्रमाणपत्र नै नक्कली

pm oli

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वल्र्ड बुक अफ रेकर्ड’ (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा के लेखिएको छ भनेर हस्तान्तरण गर्नेहरुले ध्यान दिएको पाइएन । उनीहरुले हस्तान्तरण गरेको प्रमाणपत्र नक्कली थियो । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

प्रमाणपत्रमा सन्तोष शुक्ला नाम गरेका व्यक्तिले उक्त विश्व रेकर्डलाई प्रमाणीकरण गरेका छन् । उनलाई भारतको सर्वोच्च अदालतले वकिल भनेर उल्लेख गरिएको छ । तर गुगलमा उनका बारेमा सर्च गर्दा उनको संलग्नता वल्र्ड बुक अफ रेकर्डको प्रमाणीकरणमा मात्र देख्न सकिन्छ । उनको नाम सर्वोच्च अदालतको वकिलको सूचिमा पनि छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);