पशुपतिनाथ मन्दिर र लुम्बिनी वोल्र्ड बुक अफ रेकर्डमा सुचिकृत | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

पशुपतिनाथ मन्दिर र लुम्बिनी वोल्र्ड बुक अफ रेकर्डमा सुचिकृत

PASHUPATINATH

काठमाडौं, २५ कात्तिक । विश्व सम्पदा सुचीमा सुचिकृत पशुपतिनाथ मन्दिर र लुम्बिनीलाई वोल्र्ड बुक अफ रेकर्डमा समेत सुचिकृत गरिएको छ ।

आइतबार वल्र्ड बुक अफ रेकर्डले काठमाण्डौमा पत्रकार सम्मेलन गरी पशुपतिनाथ मन्दिरलाई ऐतिहासिक, पौराणिक महत्व भएको तथा लुम्बिनीलाई विश्वको सबै भन्दा बढी पर्यटकले भ्रमण गर्ने स्थान भएकोले वल्र्ड बुक अफ रेकर्डमा सुचिकृत गरिएको जनाइएको छ ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले विश्वका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथ र गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई वल्र्ड बुक अफ रेकर्डमा सुचिकृत महत्वपूर्ण भएको बताएका छन् ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता कलराज मिश्रले नेपाल धार्मिक तथा ऐतिहासिक भूमि भएकाले विश्वका धेरै पर्यटक नेपाल भ्रमणमा आउने गरेको उल्लेख गरे । उनले नेपाल र भारतबीचको भावनात्मक, साँस्कृतिक, भौगोलिक, र आर्थिक सम्बन्ध प्रगाढ रहेको बताए ।

कार्यक्रममा वल्र्ड बुक अफ रेकर्डले नेपालको धार्मिक, पर्यटन लगायतका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बिभिन्न ब्यक्ति तथा संघ संस्थालाई सम्मान गरेको थियो ।

ताजा समाचार