स्वर्गीय पदमरत्न तुलाधर योगदानको स्मरण: उपसभापतिदेखि नेता सम्म उपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वर्गीय पदमरत्न तुलाधर योगदानको स्मरण: उपसभापतिदेखि नेता सम्म उपस्थित

padmaratna-tuladhar

काठमाडौं, २५ कात्तिक । राजनीतिक दलका नेताहरुले स्वर्गीय पदमरत्न तुलाधरले नेपालको राजनीतिक, सामाजिक–सांस्कृतिक तथा मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरेका छन ।

नेपाल शान्ति प्रतिष्ठानले आईतबार तुलाधरको स्मृतिमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावल लगायतका नेताहरुले तुलाधरले नेपालको राजनीतिक परिवर्तन, मानव अधिकारको प्रवद्र्धन र भाषा संस्कृतिको जगेर्नाका लागि पु¥याउनु भएको योगदानको स्मरण गराएका हुन् । उनले नेपालको सांस्कृतिक तथा भाषिक आन्दोलनमा पनि तुलाधरले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले तुलाधरलाई निष्ठावान, देशभक्त बामपन्थी नेताको रुपमा स्मरण गरे । उनले तुलाधरसँगको सहकार्यका दिनहरुको स्मरण गर्दैै त्यसले नेपालको बामप्रजातान्त्रिक आन्दोलनलाई उर्जा दिएको पनि स्पष्ट पारे ।

नेता रावलले तुलाधरले नेपालको मानव अधिकार संरक्षणको क्षेत्रमा पनि अतुलनीय योगदान दिएको उल्लेख गरेका छन् । स्वास्थ्य मन्त्रीको रुपमा समेत जनपक्षीय काम गर्नु भएका नेपालको बाम प्रजातान्त्रिक आन्दोलनका एक अगुवा तुलाधरको मस्तिष्क घातका कारण गत आईतबार निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);