तनहुमा बस दुर्घटना: १६ जना घाईते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तनहुमा बस दुर्घटना: १६ जना घाईते

acccident_of_tanahu

काठमाडौं, २५ कात्तिक । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली डुम्रेसडक खण्डमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १६ यात्रु घाइते भएको छ ।

तनहुँको भिमादबाट नारायणघाट तर्फ जाँदै गरेको ग १ ख ५८४७ नम्बरको बस घाँसिकुवा नजिकै सडकबाट पल्टिएको हो ।

दुर्घटनाका अधिकांश घाइते गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनीहरूको दमौलीमा रहेको रत्नहरी अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);