आजबाट छठ पर्व सुरु, राजधानीका विभिन्न नदी किनार सजाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आजबाट छठ पर्व सुरु, राजधानीका विभिन्न नदी किनार सजाइँदै

काठमाडौं, २५ कात्तिक । तराईका जिल्लामा मात्रै मनाइने छठको रौनक अहिले राजधानीमा पनि सुरु भएको छ । छठ पर्व मनाउन राजधानीका नदी किनार सजाइँदै छ । काठमाण्डौको गुह्ेश्वरीमा श्रद्धालुहरुलाई पूजाआजामा सहजता होस भन्दै टेन्ट लगायतको ब्यवस्था गर्न लागिएको छ ।

सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठ पर्व मिथिलाञ्चल क्षेत्रसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ । केही वर्षयता नेपाली भाषी तथा कतिपय मुश्लिम समुदायका नेपालीलेसमेत मनाउन सुरु गरेको छठ पर्व पर्वको आकर्षण झनै बढ्दै गएको छ ।

चार दिनसम्म मनाइने छठ पर्व मिथिलाञ्चलक्षेत्रसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ । छठ पर्वको तयारी यतिबेला उपत्यकामा पनि तिब्र रुपमा भईरहेको छ । नदीनाला सफा गर्ने, बाँसहरु राखी सितबाट बच्न पण्डाल लगाउने, विद्युत आपूर्ति व्यवस्थापन गर्ने तथा बत्ती जडान गर्ने लगायतका कामहरु यतिबेला तिब्र रुपमा भइरहेको छ ।

आइतबारबाट प्रारम्भ भएको छठमा सोमबार खर्ना खाने तथा मंगलबार घाटमा गएर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइ पुजा गरिन्छ । रातभरि नदी, तलाउ तथा पोखरीको किनारमा जाग्राम बसेर बिहान पुनः उदाउँदो सूर्यलाइ खाद्य वस्तुहरु चढाएर अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ । संसारमा छठ मात्र यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । काठमाडौ उपत्यकामा गौरीघाट लगायत अन्य दश ठाउँमा घाट निर्माण गरीएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);