सुर्य उपासना गर्ने छठ पर्व सुरु,पर्व छठ अन्तर्गत आज नहाय खाय, | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुर्य उपासना गर्ने छठ पर्व सुरु,पर्व छठ अन्तर्गत आज नहाय खाय,


काठमाडाैं,३ मंसिर । सुर्य उपासना गर्ने छठ पर्व आजबाट सुरु भएको छ । विशेष गरेर तराईका जिल्लाहरुमा मनाइने धार्मिक एवं लोक आस्थाको पर्व छठ शुरु भएको हो ।

चार दिने छठ पर्व अन्तर्गत आज नहाय खाय भन्दै नुहाएर शुद्ध पवित्र भएर एक छाक लौकाको तरकारीसंगै खाना खाएर व्रत बसिन्छ । छठपर्वको पहिलो दिन नुहाएर चोखो भई एक छाक खाना खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो सुर्यलाई अर्घ अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा छठ समापन हुन्छ ।

छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । अत्यन्तै निष्ठाका साथ मनाईने छठ पर्व एक मात्र जिवित भगवानको रुपमा रहेको सुर्यलाई आराधना गरि मनाईने भएको हुँदा यस पर्वको महत्व दिन प्रति दिन बढदै गएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);