तनहुँमा बस दुर्घटना, ३२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

तनहुँ, १९ पुस ||
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको बताईएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);