ट्रक र बस एकआपसमा ठक्कर खाँदा ९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्रक र बस एकआपसमा ठक्कर खाँदा ९ जना घाइते

सप्तरी । अग्निसाईर कृष्णसावरण गाउँपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा ना.३ ख ६८४५ नम्बरको ट्रक र लु.१ ख ७६२० नम्बरको बस एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रक चालक समेत बसमा सवार ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ३ जना मध्यम र अन्यको सामान्य रहेको छ । घाइतेहरुको स्थानीय महुली पोलीक्लिनिक एन्ड हेल्थ केयरमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);