चितवनको भरतपुरस्थित नारायणगढ–मुग्लिङ सडक खण्डमा ४ वटा सवारीसाधन एकैठाउँमा ठोक्किए, एकजनाको मृत्यु, २३ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८१, सोमबार

चितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किएका छन् ।

गएराति भएको सो दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था भने गम्भीर रहेको छ ।

यस्तै घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिवासतर्फ जाँदै गरेको गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगंञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);