अपडेट : चुम्लिङटार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, १९ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अपडेट : चुम्लिङटार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुग्यो, १९ घाइते

चितवन, ११ साउन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा बस र ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट गईरहेको ना ५ ख ७४०९ नम्बरको ट्रक एक आपसमा ठोक्कीदा हालसम्म बसमा सवार ८ जनाको मृत्यु भइसकेको छ भने १९ जना घाइते भएका छन् ।

ट्रक सँग ठोकिएर बस सडक भन्दा करिब २० मिटर तल खसको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवन, प्रहरी चौकी जोगीमारा धादिङबाट प्रहरी टोली र सशस्त्र प्रहरी बिपत व्यवस्थापन तालीम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरीको उद्धार टोली घटना स्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको छ ।

घटना स्थलबाट ५ जनालाई मृत अबस्थामा उद्धार गरि अस्पताल पठाइएको हो भने हाल सम्म ८ जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ ।

मृत्यु हुनेको नामावली
मृत्यु हुनेहरुमा पाल्पा बेगनास गा.पा. बस्ने ३२ बर्षिय अर्जुन न्यौपाने, तनहुँको भानु नगरपालिका ५ बस्ने २७ बर्षिय सुमिता श्रेष्ठ, तनहुँकै भन्सार बस्ने २७ बर्षिय कमला श्रेष्ठ, काठमाडौं बस्ने ३० बर्षिय रविन गुरुङ, तनहुंँ केशवटार बस्ने ४० बर्षिय बाबुराम तिवारी, भारतको विहार बेतिया बस्ने फिरोज मिया, पहिचान नखुलेका अनुमानित २/३ बर्षिय बालक र अर्की १८/१९ बर्षकी महिला रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);