बारामा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

बारामा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

काठमाडौं, ४ पुस । बारामा यात्रु बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काकड्भिट्टाबाट काठमाडौं आइरहेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैया गइरहेको े ना ७ ख ७३०० नम्बरको ट्रक आज राति २ बजे बाराको अमलेखगन्ज तीन नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । दुर्घटनामा परी ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);