कृषकको जिवन स्तर उकास्न सरकार तयार : मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कृषकको जिवन स्तर उकास्न सरकार तयार : मन्त्री खनाल

काठमाडौं, ११ साउन । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषकको जिवन स्तर उकास्नका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउने आश्वासन दिएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार किसानसंग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले कृषि प्रविधिको विकास, प्रशिक्षण, अनुदानको व्यवस्था र बजारको सुनिश्चिततामा सरकारले ध्यान दिन सके कृषि र कृषकको स्तरलाई माथि लैजान सकिने बताए ।

किसानले उपयुक्त जमिन नपाउनु, उनीहरुलाई समस्या सम्बोधन गर्न सक्ने कानुन नहुनु, भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन नहुनु लगायतले किसानको स्तर माथि उठ्न नकेको उनले बताए ।

कृषि र कृषकका लागि छुट्याईएको अनुदान वास्तविक कृषकको हातमा पुग्न नसक्दा कृषकहरुले केहि गर्न नसक्ने स्थितीमा पुगेको मन्त्री खनालले बताए ।

उनले कालिमाटी तरकारी बजारमा व्यापारीले मानवस्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल राखेर माछा बेच्ने गरेको पाईएको भन्दै त्यस्ता कार्यको नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताए ।

बजार नियमन गर्ने नाममा साना किसान मर्कामा परेको भन्दै आयोगले सरोकारवाला निकाय र विभागिय मन्त्रीसंग अन्तरक्रिया गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);