काठमाडौं ।
प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधि सभा बैठकमा वेल घेराउ गरेका छन् । बुधवार विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरुको विनियोजन शिर्षकमाथिको छलफल भइरहेका बेला उक्त पार्टीका अध्यक्ष हकराज राईसहितका सांसदहरुले वेल घेराउ गरेका हुन । यता, सभामुख डोलप्रसाद अर्यालले भने सभामुखको आदेश विनानै जथाभावी गरेको भन्दै उक्त पार्टीका सांसदलाई सचेत गराउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले मन्त्रालयगत बजेटबारे सोधिएको प्रश्नको जवाफ नदिनुभएको भन्दै उठेर विरोध गर्नुभएको थियो । सभामुखको बारम्बारको आग्रहपछि पनि नमानेपछि राईसहितका पार्टीका सांसदहरुले वेल घेराउ गरेका हुन् । प्रतिपक्ष दलहरुले प्रधानमन्त्री बालेन्द्र साहको सीमा सम्बन्धि अभिव्यक्ति सच्याउन माग गर्दै संसदमा विरोध गर्दै आएका छन् ।




