प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन

प्रतिनिधि सभाको मंगलवारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।
बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए । उक्त दलले सोमवारको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो । लगातार दोस्रो दिन पनि संसद बैठकमा सो पार्टीले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो ।

Leave a Reply

ताजा समाचार