आरोप पुष्टि नभएम्म संसद चल्न नदिने एमालेको अडान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

आरोप पुष्टि नभएम्म संसद चल्न नदिने एमालेको अडान

काठमाडौं, १२ जेठ । नेकपा एमालेका सांसदहरुले वेल घेराउ गरेका छन । वेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।

सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरुले संसद चल्न नदिने अडान लिएका थिए ।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राख्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार