एमालेको नाराबाजीपछि संसद अवरोध,बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एमालेको नाराबाजीपछि संसद अवरोध,बैठक स्थगित

काठमाडौं, २६ साउन । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि शुक्रवार बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध भएको छ ।

बैठकको सुरुमै एमालेका सांसदहरुले अवरोध गरेपछि सत्तापक्षका सांसदहरुले पनि उठेर बोल्न नदिने रणनीति लिएका थिए । एमालेकी सांसद ज्वालाकुमारी साहलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरुले त्यसलाई अवरोध गर्ने रणनीतिका साथ उठेर बिरोध गरेका थिए ।

सत्तापक्षमा सांसदहरुले उठेपछि एमालेका सांसदहरुले वेल घेराउ गर्दै सरकार र सत्तापक्षबिरुद्ध नाराबाजी गरेका छन् ।

 

एमालेका सांसदहरुले नाराबाजी गरेपछि आज पनि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । यही साउन २९ गते सोमवार दिनको एक बजे बस्नेगरी बैठक स्थगित गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);