प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको नाराबाजी

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका छन् ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक प्रारम्भ गरेलगत्तै एमालेका सांसदहरु आफ्नो सीटबाट उठेर नाराबाजी गरेका हुन् ।

उनीहरुले रोष्टम अघि गई संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैनलगायतका नाराबाजी गरेका हुन् ।

सभामुख सापकोटाले जनताको चासो र चिन्ताको विषयमाथि सांसदहरूले कुरा उठाउने हुने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूको नाराबाजी रोकिएको छैन ।

सभामुख सापकोटाले बारम्बार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);