एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजन सम्बन्धी अध्यादेश पेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमालेको अवरोधका बीच राष्ट्रियसभामा दल विभाजन सम्बन्धी अध्यादेश पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका थिए । अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए ।

दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।

त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);