राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशको विवाद समाधानका लागि राष्ट्रपतिद्वारा परामर्श सुरु | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

काठमाडौं, ६ पुष । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशबारे विवाद समाधानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्श सुरु गरेकी छिन् ।

बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बोलाएर राष्ट्रपति भण्डारीले छलफल गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि केही दिनअघि राष्ट्रपतिसँग छलफल गरेका थिए । सरकारले मंगलबार पत्रकार सम्मेलन गरेर राषट्रपति दलीय अनुकुलताअनुसार चलेको आरोप लगाउँदै अध्यादेश छिटो स्वीकृत गरिदिन आग्रह गरेको थियो । सरकारले एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने गरी अध्यादेश राष्ट्रपति समक्ष पेश गरे पनि दलहरुबिच विवाद भएपछि दुई महिनादेखि स्वीकृत हुन सकेको छैन ।

 

एमाले माओवादीले बहुमतीय आधारमा राष्ट्रियसभा गठन हुनुपर्ने भन्दै राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न दबाब दिइरहेका छन् भने कांग्रेस आफ्नो नेतृत्वको सरकारले पेश गरेको अध्यादेश स्वीकृत गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व भएको जिकिर गरिरहेको छ । राष्ट्रियसभा गठनको विवादका कारण नयाँ सरकार गठन र समानुपातिकको सिट निर्धारणको काम पनि रोकिएको छ ।

ताजा समाचार