प्रधानमन्त्री देउवाद्वारा प्रमुख पाँच पार्टीको बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ७ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच पार्टीको बैठक बोलाउनुभएको छ ।

 

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर नेकपा एमालेसँग विवाद चर्किरहेका बेला एमालेसहितका पाँच पार्टीको बैठक बोलाउनुभएको हो । प्रधानमन्त्री देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बनेका पाँच दलको बैठक बालुवाटारमा बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल राष्ट्रिय पार्टी बनेका छन् । बैठकमा पाँच पार्टीका शीर्ष नेता सहभागी हुने बताइएको छ । बैठक खासगरी राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा केन्द्रीत हुने बताइएको छ । सरकारले असोजको अन्तिममा राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेकामा खासगरी नेकपा एमालेको तिब्र विरोधका कारण राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको छैन ।

 

सरकारले अध्यादेशमा एकलसंक्रमणीय निर्वाचन प्रणालीको व्यवस्था गरेकामा एमालेले वहुमतीय प्रणाली अवलम्बन गरिनुपर्ने बताउँदै आएको छ । दलहरुबीच निर्वाचन प्रणालीमा विवाद देखिएपछि राष्ट्रपति भण्डारीले केही दिन पहिले प्रधानमन्त्री देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अलगअलग रुपमा बोलाएर अध्यादेशमा सहमति जुटाउन आग्रह गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);