नेकपा एमालेले बोलायो पार्टीको स्थायी समितिको बैठक अपरान्ह १ बजे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं, ७ पुष । नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठक बोलाएको छ ।

 

एमालेले नयाँ सरकार गठन, नेकपा (माओवादी केन्द्र्र) सँगको पार्टी एकता लगायत विषयमा छलफल गर्न आज स्थायी समितिको बैठक बोलाएको हो । बैठक पार्टी उपाध्यक्ष वामदेव गौतमको ललितपुरको भैंसेपाटीस्थित निवासमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

 

एमालेले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि पहिलोपटक स्थायी समितिको बैठक बोलाएको हो । बैठकमा निर्वाचन परिणामको समीक्षा, नयाँ सरकारको नेतृत्व, राष्ट्रियसभा गठनलगायत विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । एमालको स्थायी समितिको बैठकपछि एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पनि आजै बस्ने तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);