साँझसम्म राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारकाे तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साँझसम्म राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारकाे तयारी

काठमाडौं, २० पुष । सरकारले आज साँझसम्म राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगको परामर्श पछि आज बस्ने मन्त्रिपरिषद बैठकले माघ २५ गतेका लागि निर्वाचनको मिति तोक्ने तयारी गरेको हो । त्यस्तै प्रदेश प्रमुखको नियुक्ती र अस्थायी मुकामका विषयमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान ९ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ ।

निर्वाचन पश्चात् राष्ट्रिय पार्टी बनेका पाँच दलका शीर्ष नेतालाई बालुवाटार बोलाइएको छ । प्रदेश प्रमुखमा सहमति जुटाएर आजै नियुक्ति गर्ने तयारी पनि प्रधानमन्त्रीले गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

बैठक प्रदेश प्रमुख तथा स्थायी राजधानी तोक्ने विषयमा केन्द्रित हुने बताइएको छ । राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभा निर्वाचनबाट ५ पार्टी एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी हुनेछन् । बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);