प्रदेश प्रमुख नियुक्ति र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रदेश प्रमुख नियुक्ति र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सरकारको तयारी

काठमाडौं, १८ पुष । सरकारले प्रदेश प्रमुख नियुक्ति र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । मंगलवार सूचना तथा सञ्चार मन्त्री मेहनबहादुर बस्नेतले प्रमुख राजनीतिक दलसँग परामर्श गरेर सहमतिका आधारमा प्रदेश प्रमुख तोक्ने सरकारले तयारी गरेको जानकारी दिए ।

त्यस्तै मन्त्री बस्नेतले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बिषयमा पनि निर्वाचन आयोगसँग छलफल भइरहेको जानकारी दिए । सरकार चाँडोभन्दा चाँडो संवैधानिक प्रक्रिया टुंग्याएर सरकार हस्तान्तरण गर्न आतुर रहेको उनको भनाइ थियो ।

यस अघि आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकमा नेताहरुले सर्वदलिय बैठक गरी प्रदेश प्रमुख तोक्ने र तत्काल राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);