प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषय र राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल भएको छ ।

अध्यक्ष प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न प्रधानमन्त्री देउवासँग अनुरोध गरेका छन् । यसैगरी अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको नियुक्ति गर्दा राजनीतिक सहमतिका आधारमा मात्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

दुइ शीर्ष नेताबीचको भेटमा प्रधानमन्त्री देउवाले  छिट्टै राष्ट्रियसभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरिरहेको बताएका छन् । आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसको कार्यम्पादन समितिले प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखको नियुक्ति तथा प्रदेश सदरमुकमा तोक्ने विषयमा राजनीतिक संवाद थाल्न अधिकार दिएलगत्तै प्रधानमन्त्री देउवाले छलफल सुरु गरेका हुन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको निर्णय अनुसार राजनीतिक छलफल माओवादी अध्यक्ष दाहालबाट सुरु गरेका हुन् । यसैबीच आजै बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यलय बैठकले पनि प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने विषयमा सरकारसँग छलफल गर्ने निर्णय गरेको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);