प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौं, १७ असोज । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एक घण्टा वान टु वान वार्ता, भएको छ ।

माओवादी केन्द्रले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेसँग तालमेलका लागि वार्ता समिति गठन गरेको भोलिपल्ट मंगलबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारस्थित निवासमा बोलाएर वान टु वान वार्ता गरेका हुन् ।

वार्तामा प्रधानमन्त्री देउवाले एमालेको सट्टा आफ्नो पार्टीसँग तालमेल गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले तालमेलका लागि गर्नुपर्ने लेनदेनका विषयमा आफू खुला रहेको बताएका छन् ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीसँग गठबन्धन गर्ने प्रतिबद्धता छोडेर माओवादी केन्द्र एमालेसँग तालमेल गर्ने तयारीमा लागेपछि प्रधानमन्त्री देउवाले दाहालसँग वार्ता गरेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);