काठमाडौं, ६ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वान टु वान वार्तालाई आज पनि निरन्तरता दिएका छन ।
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन वान टु वान वार्तालाई निरन्तरता दिएका हुन । ओली र दाहालबीच आज बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको भक्तपुरको सानोठिमीस्थित निवासमा वार्ता भएको छ । ओली र दाहालबीच आइतबार ओली निवास बालकोटमा वान टु वान वार्ता भएको थियो ।




