ओली-दाहालबीच वान टु वान वार्ता, सहमति भन्दा ब्यानर विवादमा केन्द्रीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ओली-दाहालबीच वान टु वान वार्ता, सहमति भन्दा ब्यानर विवादमा केन्द्रीत

oli prachnada bam

काठमाडौं, १५ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा लामो वान टु वान वार्ता भएको छ । ओली र दाहालबीच पार्टी एकता गर्ने भनिएको वैशाख ९ गतेको मिति गुज्रिएको छैटौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टा लामो वान टु वान वार्ता भएको हो ।

दुई अध्यक्षबीचको वार्ता सहमति पहिल्याउन भन्दा ब्यानरको विवादमा केन्द्रीत भएको छ । वैशाख ९ गते लेनिन जयन्तीका अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा ब्यानरमा एमाले नेताको तस्विर राखिएकामा लेनिनको फोटो छुटाइएको थियो । लेनिनको तस्विर छुटाइएको विरोधमा माओवादी कार्यकर्ताले विवाद गरेपछि कार्यक्रम निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको थियो ।

एमाले अध्यक्ष ओलीले ब्यानरको विषयमा विवाद गरेर माओवादीले केटाकेटीपन देखाएको अभिव्यक्ति दिएपछि माओवादी थप चिढिएको छ । माओवादी अध्यक्ष दाहालले ओलीसँगको वार्तामा उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

दाहालले एकता सम्पन्न गर्नुपर्ने तहमा रहेको नेताले जथाभावी अभिव्यक्ति दिंदा नेता तथा कार्यकर्तामा नकारात्मक सन्देश जाने र त्यसले एकता नै प्रभावित हुनेतर्फ ओलीलाई सचेत गराएको स्रोतहरुले बताएका छन् । ब्यानर विवाद वाहेक ओली र दाहालबीच एकता प्रक्रियामा विवादित रहेका विषयमा सामान्य छलफल भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);