एमाले-माओवादी एकता प्रक्रिया निर्णायक मोडमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले-माओवादी एकता प्रक्रिया निर्णायक मोडमा

oli-prachanda

काठमाडौं, ८ बैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका विषयमा वान टु वान वार्ता भएको छ । ओली र दाहालबीच शुक्रबार ललितपुरमा एक व्यावसायीको घरमा वान टु वान वार्ता भएको हो ।

एकीकृत पार्टीमा दुई पार्टीको हिस्साबारे एकता संयोजन समितिमा सहमति हुन नसकेपछि ओली र दाहालले वान टु वान वार्ता गरेका हुन् । ओली र दाहालले विहिबार पनि वार्ता गरेका थिए । लगातारको वार्तापछि एकता प्रक्रिया निर्णायक मोडमा पुगेको प्रधानमन्त्री ओली निकटका नेताले बताएका छन् । चुनाव चिन्ह सूर्य राख्न दाहालले सहमति जनाएका छन् भने ओली विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न लचिलो भएका छन् ।

शुक्रवारको वार्ताले अवरोध किनारा लगाएको एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनले ओली र दाहालको भूमिकाबारे टुंगो लागिसकेको दाबी गर्दै अब स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिको हिस्सामा मात्र सहमति जुटाउन बाँकी रहेकाले दुई पार्टीबीचको एकता कसैले रोक्न नसक्ने बताए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले पनि ओली र दाहालबीच गम्भीर रुपमा छलफल भएको र दुई पार्टीका नेता तथा कार्यकर्ताको अपेक्षाबमोजिम चाँडै निकास आउने संकेत देखिएको बताए । दुई अध्यक्ष आज पनि वार्तामा बस्ने तालिका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);