एमाले र माओवादीबीच पार्टी एकताको गाँठो फुक्यो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

एमाले र माओवादीबीच पार्टी एकताको गाँठो फुक्यो

oli prachanda

काठमाडौं,१ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो फुकेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको तीन घण्टा लामो वान टु वान वार्तापछि पार्टी एकताको गाँठो फुकेको ती दलका नेताहरुले बताएका छन् । ओली र दाहालबीचको वार्तामा एकीकृत पार्टीको नेतृत्व, राजनीतिक कार्यदिशा र सांगठनिक स्वरूपमा सहमति जुटेको बताइएको छ ।

ओली र दाहालले महाधिवेशनसम्म दुवैजना सहअध्यक्ष रहने सहमति गरेका छन । एमाले अंगिकार गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादलाई कायम राख्दै महाधिवेशनमा गएर वैचारिक संश्लेषण गर्ने सहमति भएको बताइएको छ । सोमबार ललितपुरको मानभवनस्थित एक निर्माण व्यवसायीको घरमा वार्ता गरेको ओली र दाहालबीच आज पनि वान टु वान वार्ता हुँदैछ ।

वार्तामा पार्टी एकतापछि बन्ने केन्द्रीय, पोलिटब्यूरो र स्थायी समितिमा रहने नेताहरुको नामबारे छलफल हुने बताइएको छ । आजको वान टु वान वार्तापछि बुधबार एकता संयोजन समितिको बैठक गर्ने तयारी छ । एकता संयोजन समितिको बैठकले बाँकी सबै विषयमा सहमति जुटाउने र सानो कार्यदल बनाएर एक \ दुई दिनमै पार्टी एकताको खाका सार्वजनिक गर्ने बताइएको छ । फागुनको पहिलो साता नयाँ सरकार गठन हुने भएकाले पार्टी एकताको खाका त्यसअघि नै तयार पार्ने नेताहरुले बताएका छन् । एमाले र माओवादी केन्द्रले गत असोज १७ गते पार्टी एकता गर्ने घोषणा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);