नेपाली सेनाले आज सेना दिवस मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

nepali sena

काठमाडौं, १ फागुन । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । नेपाली सेनाले दुई दशकदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसका अवसरमा सैनिक मञ्च टुंडिखेलमा गरिने विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ ।

सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत कार्यक्रम गरिने सेनाले जनाएको छ । सेना दिवसको खुसियालीमा साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम राखिएको छ ।

कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयले मुलुकका विभिन्न भागमा रहेका पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम गरिने जनाएका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);