टुँडिखेलमा विशेष कार्यक्रम गरी धुमधामसँग मनाइयो सेना दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

टुँडिखेलमा विशेष कार्यक्रम गरी धुमधामसँग मनाइयो सेना दिवस

काठमाडौं, ९ फागुन । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभएको थियो । कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो ।

नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ । दिवसका अवशरमा सेनाले टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । सेना दिवस एवं शिवरात्रिका अवशरमा आयोजित कार्यक्रममा सेनाले आफ्नो कौशल देखाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधाानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधिसभाका सभमुख अग्नि प्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको सहभागितामा सेनाले आफ्नो कौशल देखाएको थियो । वि.स. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

नेपाली सेनाले कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रिको बढाईं समेत गरेको छ । त्यसैगरी बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७६ को आकृति समेत प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेना र नेपालको परम्परागत भेषभुशा झल्कने विविध कला, नृत्य र संगितको धुन प्रदर्शन गरिएको थियो ।

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शन समेत गरेको थियो । सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाले अर्पण गरेको सलामी ग्रहण गर्नुभयो ।

सेनाको बढाईं हेर्न टुंडिखेलबाहिर सर्वसाधारणहरुको घुँइचो लागेको थियो । काठमाडौं मलको छतदेखि टुंडिखेल वरिपरि रहेका घरका छत र रुखहरुमा गएर समेत सर्वसाधारणले सेनाको हर्स बढाइ हेरेका थिए । टुंडिखेलमा सर्वसाधारणलाई प्रवेश दिने गरिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);