कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भए : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त भए : प्रचण्ड

prachanda-communist

काठमाडौं, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सत्तामा नहुँदा क्रान्तिमा ठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताउनुभएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताउनुभयो ।

हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको भन्दै अध्यक्ष दाहालले शासन हातमा आइसकेपछि विस्तारै जनताको भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिनु बिडम्बना भएको बताउनुभयो ।

अध्यक्ष दाहालले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताउनुभयो । उहाँले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य क्रियाकलापले राम्रो संकेत नदेखिएको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);