बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा स्वीकृत गर्नुभएको हो ।

मन्त्री बाँस्कोटाले सेक्यूरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियोसहितको समाचार सार्वजनिक भएपछि नैतिकताको आधार देखाउँदै पदबाट राजीनामा दिनुभएको थियो ।

बिहीबार धनगढीबाट काठमाडौं फर्किएका बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

अब सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकिएको छ भने  सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिइएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आउनुभएकाे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);