अर्थमन्त्रीमा डा. युवराज खतिवडा पुनःनियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अर्थमन्त्रीमा डा. युवराज खतिवडा पुनःनियुक्त

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, २१ फागुन । डाक्टर युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै बुधबार पुनर्नियुक्ति पाउनुभएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई बुधबार पुनःअर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य पद मंगलबार मध्यरातिबाट स्वतः सकिने भएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राष्ट्रपति भण्डारीले राजीनामा स्वीकृत गरी खतिवडाले सम्हाल्नुभएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलेनै सम्हाल्ने गरी तोक्नुभएको थियो ।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान रहेको छ । सोही प्रावधानअनुसार खतिवडालाई पुनर्नियुक्ति दिइएको हो ।

पुनर्नियुक्ति पाउनुभएका खतिवडाले आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने जनाइएको छ । खतिवडा दुई वर्षअघि राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत हुनुभएको थियो ।

खतिवडाको पदावधि सकिएपछि रिक्त स्थानमा कसैलाई मनोनयन गरिएको छैन । तर नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई खतिवडाको सट्टामा राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । गौतमको नाम मन्त्रिपरिषदले राष्ट्रपति समक्ष सिफारिस ने गरेको छैन ।

arthamantri niyukti bigyapti

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);