सुदूरपश्चिमको विकासका लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्छ : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुदूरपश्चिमको विकासका लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्छ : देउवा

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सुदूर पश्चिमको विकासका लागि सबै पक्ष एकै ठाउँमा उभिनुको बिकल्प नभएको बताउनु भएको छ ।

मंगलवार धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको समापन समारोहमा बोल्दै देउवाले सबै पार्टीका नेता, कार्यकर्ता एकै ठाउँमा उभिनु पर्ने बताउनु भएको हो । उहाँले सुदूरपश्चिमका नागरिकले आँट गरेमा पश्चिम सेती जलविद्युत आयोजना दस वर्षमै बनाउन सकिने बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भाषा, कला र साहित्य मार्फत् विश्वभरिका नेपाली भाषीलाई सुदूरपश्चिमसंग गाँसेकोमा सुुदूरपश्चिमाञ्चल साहित्य समाजलाई धन्यवाद दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);