विचाराधीन मुद्दामा बोल्न आवश्यक छैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विचाराधीन मुद्दामा बोल्न आवश्यक छैन : देउवा

शशि पन्थी
भैरहवा, ३ फागुन ।
अदालत भन्दा अर्को ठूलो अदालत नभएको हुँदा अदालतको निर्णय पर्खनुपर्ने पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बताउनु भएको छ ।

रुपन्देही जिल्ला नेपाली कांग्रेसको बिरोध सभामा सम्बोधन गर्दै देउवाले अदालतलाई बिश्वास गर्नुपर्ने बताउनु भएको हो । देउवाले भन्नुभयो, ‘अदालत भन्दा ठूलो अदालत एउटै हो जनता । जनता भन्दा ठूलो अदालत कहीँ पनि छैन । चुनावमा जाउँ भने जनताको अदालतमा जान के भो देउवाले भन्नुभयो, त्यसकारण हामी यो उ भन्न जरुरी छैन । बरु वकिल राखे हुन्छ । बिचाराधिन मुद्दामा अदालतको निर्णयलाई पर्खिउँ भन्दा हाम्रा साथीहरु नै कोही के कोही के भन्दै छन् । ’

देउवाले स्वतन्त्र न्यायपालिका भएको हुँदा न्यायपालिकाले निष्पक्ष निर्णय दिने आशा व्यक्त गर्नु भयो । चुनाव गराउने हो भने निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्नेमा निर्वाचन आयोगले चुनाव गराउनका लागि चुनाव चिन्ह दिनुपर्ने कांग्रेसका सभापति शेर बहादुर देउवाको टिप्पणी छ । निर्वाचन आयोगले निर्वाचन गराउने हो भने निर्वाचन कार्यक्रम किन अगाडी नबढाइएको भनी प्रश्न समेत गर्नुभयो । उहाँले निर्वाचन आयोगले अहिलेसम्म निर्वाचनका कार्यक्रम नदिएकाले आयोग प्रति शंका गर्नुपर्ने बेला समेत भइसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सबै पार्टीलाई बोलाएर निर्वाचनका कार्यक्रम किन दिन सक्दैन । अदालतको निर्णय पर्खने निर्वाचन आयोगको काम होइन । निर्वाचन आयोगले भन्नु पर्यो म ६ महिना भित्र चुनाव गराएर छाड्छु गराउँछु भन्नु पर्यो नि । अदालतको कुरा पछि हो, रोक्न भनेमा रोक्ने तर निर्वाचन आयोगको काम चुनावै गराउनै दायित्व भएको हुँदा चुनावका काम गर्नु पर्छ ।’

सूर्य चिन्ह ओली पक्षले पाउने हो की दाहाल नेपाल पक्षले पाउने हो निर्णयका लागि प्रक्रिया गर्नुपर्ने देउवाको भनाई छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांगेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले कम्युनिष्ट पार्टी सरकारमा हुँदा नेपाली जनताले बोल्ने स्वतन्त्रता समेत नपाएको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, नेपाली कांग्रेसका रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाक लगायतले मन्तब्य राखेका थिए । रुपन्देही जिल्लाका सचिव रामकृष्ण खाँडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);