प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्णतः असफल : प्रवक्ता शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्णतः असफल : प्रवक्ता शर्मा

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नेपाली कांग्रेसले सरकारले सहयोगी प्रतिपक्षी हुँदाहुँदै पनि काम गर्न नसकेर असफल भएको प्रतिक्रिया दिएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकुल राजनैतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको नेपाली कांग्रेसको मुल्यांकन रहेको बताउनुभयो ।

कांग्रेसले सरकार बलियो भनिएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको प्रारम्भिक मुल्यांकन गरेको प्रवक्ता शर्माले बताउनुभयो । सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द र भ्रष्टाचार जनतालाई दिएको प्रवक्ता शर्माको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);