तीन महिने अवधिमा पास भएको सरकार ९ महिना पुग्दा फेल : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तीन महिने अवधिमा पास भएको सरकार ९ महिना पुग्दा फेल : कांग्रेस

काठमाडौं, ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पुर्णत असफल भएको टिप्पणी गरेको छ । कांग्रेसले वर्तमान सरकार गठन भएको ९ महिनाको अवधिमा देशमा सरकार भएको महसुस गर्न नसकिएको भन्दै ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ भनी प्रश्न गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शान्ति सुरक्षा, सुशासन बजार मुल्य, संघीयता कार्यान्वयन, राष्ट्रवाद, लोकतान्त्रिक संस्कृति, न्यायालय, संविधानप्रति अपनत्व विस्तार तथा समृद्धिको यात्रामा सरकारको प्रभावकारीता शुन्य रहेको बताए ।

उनले भने “मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना पुगेको यो घडीमा ‘नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा नै २ जनाको हत्या लगायत अन्य जिल्लामा भएका हत्याका घटना र निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषिको पहिचान गर्न नसक्नुबाट शान्ति सुरक्षा कायम गर्न सरकार पुर्ण रुपमा असफल भएको पुष्ठी भएको कांग्रेसको ठहर छ ।

उनले भने ‘सम्माननीय प्रधानममन्त्री ज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भईसकेको हो ?’

सरकारले विना प्रतिस्पर्धा बुढी गण्डकी निर्माणको जिम्मा चिनीयाँ कम्पनी गेजुवालाई दिने निर्णयप्रति पनि कांग्रेसले आपत्ती जनाएको छ । प्रवक्ता शर्माले भने ‘स्वदेशी लगानीमा बनाउने भन्दै रकम संकलन भईरहेका बेला विना प्रतिष्पर्धा विदेशी कम्पनीलाई दिने निर्णय कम्युनिष्ट सरकारको क्रान्तिकारी राष्ट्रवाद हो ?’

कांग्रेसले वाईड बडी प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर भएको भन्दै गहिरो छानबिन गर्न माग गरेको छ ।

कांग्रेसले जयनगर– जनकपुर –कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रीले गर्ने निश्चित भएको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

तीन महिने अवधिमा सरकारलाई जस्ट पास को अंक दिएको कांग्रेसले ९ महिनामा पुग्दा फेल भएको भन्दै बार्षिक परीक्षामा सफल हुन सरकारलाई शुभकामना पनि दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);