अब मधेशमा आगो बल्छ ! ओली सरकार ढल्छ : विजयकान्त कर्ण (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब मधेशमा आगो बल्छ ! ओली सरकार ढल्छ : विजयकान्त कर्ण (भिडियोसहित)

kharo prashna with bijaykant karna

काठमाडौं, २२ फागुन । सरकार गठन भएको एक वर्ष पूरा भईसकेको छ । एक वर्षपछि सरकारको बारेमा विभिन्न खालका टिप्पणीहरु हुन भईरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यो दोस्रो कार्यकाल हो र यो सरकारलाई काम गर्न कसैले बाधा, विरोध र अबरोध गरेको देखिएको छैन । तर हिजोको नेकपा एमालेको सरकार जसले जम्मा ९ महिना शासन गरेको थियो र वाह-वाहिको चुलीमा पुगेको थियो । त्यो सरकारले केहि उदाहरणिय काम पनि गरेको थियो जसको पछि बनेको नेपाली काँग्रेसको सरकारले पनि अनुशरण गरेको थियो । तर अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईको नजिकमा पुगेर सरकार बनेको छ र प्रधानमन्त्री स्वयम पनि यो बलियो सरकार हो भनिरहेका हुन्छन् । यो सरकारले बलियो भएको प्रमाण काम गरेर प्रस्तुत गर्न सकेको छैन भनेर बुद्धिजीबीहरुले भनिरहेका छन् । सरकारलाई अबरोध र काम गर्नलाई कठिनाई छ भने कहाँबाट छ ? सरकारले एक वर्षमा दुरगामी असर र प्रभाव पार्ने कुनै नीति निर्माण गरेको छ भने के छ ? दुई तिहाई मत प्राप्त हुँदा पनि सरकार किन फितलो भयो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक विजयकान्त कर्णसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);