नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेपालमा मानव अधिकारको अवस्था चिन्ताजनक : आयोग

human right aayog

फूलमाया आले
काठमाडौं, ३१ भदौ । वर्तमान स्थायी सरकार गठन भएको ६ महिना पुरा भएको छ । तर पछिल्लो समय बढ्दै गएको अपराधजन्य घटनाले नेपालको कानुनी शासन माथि नै अन्तर्राष्ट्रिय जगतले प्रश्न खडा गर्ने अवस्था आएको मानव अधिकारकर्मीहरु बताउँछन् ।

नेपालको संविधान, २०७२ मा अन्तर्राष्ट्रिय मानव अधिकारका कानुनमा भएका अधिकांश अधिकारहरु समावेश गरिएका छन् । अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी महासन्धीमा सबै भन्दा धेरै हस्ताक्षर गर्ने राष्ट्रको रुपमा रहेको छ ।

अपराधजन्य घटना बढ्दै जानु तर वर्तमान स्थायी सरकारले दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नुले अन्तर्राष्ट्रिय जगतले नै नेपालको कानुनी शासन माथि नै प्रश्न खडा गर्ने अवस्था आएको राष्ट्रिय मानव अधिकार आयोगले बताएको छ । साथै अहिले मानव अधिकारको अवस्था चिन्ता जनक अवस्थामा रहेको बताएको छ ।

देशमा स्थायी सरकार छ, संविधान छ, कानुन छ । तर, संविधानले सुनिश्चित गरेका मौलिक हक र अधिकार कार्यान्वयन हुन सकेको छैन । देशमा सरकार छ र प्रशासन छ र ? भनेर जनताले प्रश्न गर्ने अवस्था आएको छ । त्यसैले नागरिक अहिले निराशाजन अवस्थामा रहेको अधिकारकर्मीको भनाई छ ।

वर्तमान स्थायी सरकारले सम्वृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा बनाएको छ । तर देशमा रहेका ५१ प्रतिशत जनसङ्ख्यामा रहेको महिलाले म कसरी सुरक्षित हुन्छु भनेर प्रत्येक पल सोच्न बाध्य हुनुपर्छ भने देशको विकास कसरी हुन्छ भन्दै डाक्टर ल्हामु शेर्पा सरकारलाई नै प्रश्न गर्छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);