सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न केसीको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न केसीको आह्वान

काठमाडौं, ३ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रादुर केसीले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्नका लाग आहवान गरेका छन् सोमबार एक बिज्ञप्ति प्रकाशित गरी उनले यस्तो आह्वान गरेका हुन् ।

‘आन्दोलनलाई अझ ब्यापक, एकीकृत र सशक्त पार्नको लागि हामीले राजावादी बाहेक नेपाली कांग्रेस, नेकपा (प्रचण्ड माधव पक्ष), जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल, विभिन्न संगठन, संस्था, नागरिक समाज, पत्रकार लगायतका जनतप्काहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्न जोड दिनु पर्छ । त्यसको लागि पनि हाम्रो प्रयास हुनु पर्छ र हुनेछ ’। बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रेस वक्तव्य
राष्ट्रिय जनमोर्चाले ओलीले संसद विघटन गरेपछि तत्कालै त्यसको विरोध गरेको थियो । त्यसपछि जिल्ला र स्थानीय तहमा संसद विघटनको विरोध र विघटित संसदको पुनस्र्थापनाको लागि संघर्ष गर्दै आएको छ । माघ महिनाभर देशका विभिन्न ठाउँमा त्यसप्रकारका संघर्षका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन् । हामीले ती कार्यक्रमहरु सफल पार्ने पार्टीका विभिन्न समिति, पार्टीका साथीहरु र सहभागी आम जनसमुदायहरुलाई धन्यवाद दिन चाहन्छौँ ।
आज हामीले मात्र होइन, राजावादी बाहेक देशका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, पत्रकार, नागरिक समाज आदि सबैतिरबाट ओलीको संसद विघटन र प्रतिगमनको खतराको विरोधमा संघर्ष भइरहेको छ । तर ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीति नियुक्तिगर्दै गैरहेका छन् । उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन । झन् उनले आफ्नो कदमलाई सही ठह¥याउन र आफ्नो पार्टीबाट फुटेकाहरुलाई चुनौति दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् । सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रयत्न गरेका छन् । केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफै गएर आयोगलाई दबाब दिएका छन् । त्यसकारण आन्दोलनलाई अझ ब्यापक र घनिभूत पार्दै जानुपर्ने आवश्यकता भएको छ । अतः फागुन महिनाभर पनि जिल्ला र स्थानीय तहमा विरोधसभा, कोण सभा, जुलुस, गोष्ठि, अन्तक्र्रिया, जनभेटघाट इत्यादि प्रकारका विरोध कार्यक्रम गर्ने निर्णय भएको छ ।
पार्टीका सबै तहका समितिहरुले त्यसप्रकारका कार्यक्रमहरुको आयोजना गर्न र तिनलाई सफल पार्न आम जनतासमेतमा हार्दिक अनुरोध गर्दछौँ । त्यसको साथै आन्दोलनलाई अझ ब्यापक, एकीकृत र सशक्त पार्नको लागि हामीले राजावादी बाहेक नेपाली कांग्रेस, नेकपा (प्रचण्ड माधव पक्ष), जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल, विभिन्न संगठन, संस्था, नागरिक समाज, पत्रकार लगायतका जनतप्काहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्न जोड दिनु पर्छ । त्यसको लागि पनि हाम्रो प्रयास हुनु पर्छ र हुनेछ ।
मिति : २०७७ फागुन ३ गते
चित्रबहादुर के.सी.
अध्यक्ष

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);