बर्खास्त गरिएका क्याटलोनियाका नेताले चुनावमा भाग लिए स्वागत | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

काठमाडौं, १२ कार्तिक । स्पेनले बर्खास्त गरिएका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनले नयाँ चुनावमा भाग लिए स्वागत गर्ने जनाएको छ। मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलोनियाको क्षेत्रिय संसद्का लागि आगामी डिसेम्बरमा चुनाव गर्न निर्देशन दिएको हो।

क्याटलन संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि मड्रिडले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्दै त्यहाँको संसद् भंग गरेको थियो। स्पेनी प्रधानमन्त्री राखोईले क्याटलोनियाका नेता पुज्डमोन र उनको मन्त्रिपरिषद् बर्खास्त गरेका छन्। पुज्डमोनले केन्द्रीय सरकारविरुद्ध प्रजातान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);