एजेन्सी, १९ असोज । स्पेनले क्याटलोनियाको स्वतन्त्रताको मागलाई लिएर उत्पन्न विवादलाई साम्य पार्न क्याटलोनियाका नेता कारलस पुजमोनले गरेको प्रस्ताव अस्वीकार गरेको छ।
क्याटलन नेताहरुद्वारा एकपक्षीय रुपमा स्पेनबाट अल्लगिन सम्भावित रुपले अघि बढेपनि स्पेन भने क्याटलोनियाको माग असंवैधानिक रहेको दाबी गर्दै आएको छ।
क्याटलोनियाका नेताहरुको माग गैह्रकानूनी रहेको भन्दै स्पेनले आँफु यस विषयमा असहमत रहेको जनाएको छ । क्याटलनका नेता कारलसको भिडियो सन्देशमार्फत आएको प्रस्तावलाई स्पेन सरकारले प्रधानमन्त्री मारिआनो राखोइको कार्यालयमार्फत विज्ञप्ति निकालेर उक्त प्रस्ताव अस्वीकार गरेको हो।
क्याटलोनियाका क्षेत्रीय सरकार प्रमुख कारलस पुजमोन यसै हप्ताको अन्त्यतिर अथवा आगामी हप्ताको शुरुतिर स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको घोषणा गर्ने तयारीमा रहेको बीबीसीले जनाएको छ।




