विवादित सीमा क्षेत्र दोक्लममा चीनले थप्यो सैनिक, के गर्ला भारत ? | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

काठमाडौं, १८ असोज । चीन र भारतको सीमा क्षेत्रमापर्ने दोक्लम क्षेत्रमा चीनले सैनिक जवानहरूको संख्या बढाएको भारतले आरोप लगाएको छ। भारतीय विदेशसचिव एस जयशंकरले मंगलबार यस विषयमा भुटानी अधिकारीहरूसँग थिम्पुमा कुरा गरेका छन्।

दोक्लम चीन, भारत र भुटानका सीमाक्षेत्रमा रहेको त्रिदेशीय बिन्दु हो। दुई महिनाजति त्यस क्षेत्रमा भारत र चीनका सैनिकहरूबीच गतिरोध भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्रीबीचको सहमतिमा गतिरोध अन्त्य भएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन शुरु हुन लाग्दा दोक्लम विवाद उठाइएको भारतीयहरूको निष्कर्ष छ। यस सम्मेलनले सीलाई दोस्रो कार्यकालका लागि निर्वाचित गर्ने निश्चित छ। सम्मेलनअघि चीनले सैन्य शक्ति प्रदर्शन गर्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।