भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

बेइजिङ। दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको  वार्ता गरिसकेका छन्। तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन्। उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन्। सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताए।

एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने, ‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए।हामीले भारतीय पक्षको स्वामित्वमा रहेका धेरै हतियार फेला पारेका छौं। उनीहरूले मानिसहरूलाई चिनियाँ भूभागमा पनि पठाएका छन्’ फेङ्गले भने । इन्डो प्यासिफिक क्षेत्रमा उसको सक्रियतालाई लिएर उनले अमेरिकाको समेत आलोचना गरे।

Leave a Reply

ताजा समाचार