नेसनल हेराल्ड काण्डमा राहुल गान्धीमाथि सोधपुछ हुँदै विरोधमा सडकमा उत्रिए कंग्रेस कार्यकर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेसनल हेराल्ड काण्डमा राहुल गान्धीमाथि सोधपुछ हुँदै विरोधमा सडकमा उत्रिए कंग्रेस कार्यकर्ता

नयाँ दिल्ली।नेसनल हेराल्ड काण्डमा पार्टी नेतृ सोनिया गान्धी र राहुल गान्धीलाई कारबाही गरेको विरोधमा उत्रिएका भारतीय कांग्रेस पार्टीका कार्यकर्तालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।  सम्पत्ति शुद्धीकरण मुद्दामा राहुल गान्धी आज प्रवर्तन निर्देशनालयमा उपस्थित हुँदैछन्। निर्देशनालयले सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलबारे अनुसन्धान गरिरहेको छ।

त्यसैको विरोधमा कंग्रेस कार्यकर्ताले नयाँ दिल्लीलगायतका सहरमा विरोध प्रदर्शन गरेका छन्। निर्देशनालयमा वरपर प्रहरीले निषेधाज्ञा जारी गरेको छ । कंग्रेस नेताहरूले निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। पार्टीले राजधानी दिल्लीलगायतका धेरै सहरहरूमा योजनाबद्ध रूपमा विरोध प्रदर्शनलाई अगाडि बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय  प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।पार्टीले आफ्ना नेताविरुद्धका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);