लास भेगास आतकंः आक्रमण योजनाबारे थाहा नभएको प्याडककी गर्लफ्रेण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एजेन्सी, १९ असोज । अमेरिकाको लस भेगासमा ५८ जनाको गोली हानेर हत्या गरेका बन्धुकधारी स्टेफेन प्याडककी गर्लफ्रेण्ड मारिलोयु ड्यान्ले भन्छिन् आफुलाई सो घटनाको बारेमा केही पुर्व जानकारी थिएन । उनी यस विषय प्रति अनविज्ञ नै रहेको बताएको बीबीसीले जनाएको छ ।

प्याडकले लस भेगासमा साङ्गितक कार्यक्रममा गोली चलाउँदा उनी बिदा मनाउन फिलिपिन्स पुगेको थिइन् । प्याडकको यस्तो हिंस्रक व्यवहार देखाउलान् भन्ने उनलाई कहिले पनि नभएको र उनी दयालु स्वाभावको रहेको उनको दाबी रहेको छ ।

आफु प्याडकले सो घटना गरेको भन्ने कुराले स्तब्ध भएको बुधबार एफबिआईको सोधपुचमा बताएकी थिइन् । उनका अनुसार प्याडकले फिलिपिन्समा घर किन्नको लागि आफुलाई १ लाख डलर समेत दिएका थिए ।

ड्यान्लेले बताए अनुसार प्याडक कुनै आतंकवादसँग सम्बन्धित नरहेको र एफबीआइले समेत कुनै तथ्य फेला नपारेको बताएका छन् ।

घटनामा ५०० भन्दा व्यक्ति भएका थिए भने लाखौँ भेगास बासी प्रभावित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);