लस भेगासमा अमेरिकी इतिहासमै भयानक गोलीकाण्ड, ५९ को मृत्यु, पाँच सयभन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एजेन्सी, १७ असोज ।  अमेरिकाको लास भेगासमा भएको गोली हानाहानमा मारिनेको संख्या ५९ पुगेको छ भने पाँच सय भन्दा बढि घाइते भएका छन् ।

लस भेगासमा एक सांगीतिक उत्सव चलिरहेका बेला नजिकैको होटलको ३२ औँ तलाबाट बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचसय बढी मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ । घाइते सबैको उपचार भइरहेको छ । अधिकारीहरुले मारिनेको संख्या ५९ आक्रमणकारी स्थानीय ६४ वर्षीय स्टेफेन प्याड्डोक भएको प्रहरीले जनाएको छ । उनको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको छ।

आक्रमणकारी पनि प्रहरीद्वारा मारिएका छन् । अमेरिकी इतिहासमा यो सबैभन्दा भयानकमध्येको एक गोलीकाण्ड हो । बन्दुकधारी कुनै लडाकु समूहसँग आवद्ध नरहेको अधिकारीहरुको भनाई छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);