भारत काश्मिरको सैनिक शिविरमा विद्रोहीको आक्रमण | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

काठमाडौँ, १७ असोज । भारत प्रशासित कश्मिरको एउटा सैनिक शिविरमा विद्रोहीले आक्रमण गरेका छन्। बिहान भएको आक्रमणमा भारतीय सीमा सुरक्षा बलका दुई जना घाइते भएका बीबीसीले जनाएको छ।

भारतीय सुरक्षाकर्मीले गरेको कारवाहीमा एक आक्रमणकारी मारिएका र दुई जना भागेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । श्रीनगरको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैनिक शिविरमा ३ जना विद्रोहीले आक्रमण गरेका थिए।

एक जना आक्रमणकारी मारिए पनि अरु २ जना सैनिक शिविरभित्रै लुकेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ। आक्रमणपछि श्रीनगरको अन्तर्राष्ट्रिय विमानस्थलका केहि उडान रद्ध गरिएको छ।

ताजा समाचार